मालपोत कार्यालय धादिङमा सेवाग्राहीभन्दा विचौलिया धेरै

मालपोत कार्यालय धादिङमा सेवाग्राहीभन्दा विचौलिया धेरै
बिहिबार, माघ ९, २०७६

गोमा थापा ।

धादिङ । मालपोत कार्यालय धादिङको कार्यालय परीसरमा सेवाग्राहीभन्दा विचौलीयाहरुको ठूलो संख्या देखिन्छ । कार्यालयमा लेखापढी व्यवसायी र बिचौलीहरुकै प्रभुत्व रहेको देख्न सकिन्छ । कतिसम्म भने कार्यालय भित्र छिरेर लेखापढी व्यवसायीहरु आफै ढड्डा खोज्ने तथा कर्मचारीलाई रुजु गरेको सर्वसाधारणको गुनासो छ ।

तर लेखापढि व्यवसायी भने यस्तो कुरा मान्न तयार देखिदैनन । सेवाग्राहीले हतार गर्ने गरेका कारण आफूहरु कार्यालयको ढड्डा पल्टाउन बाध्य भएको लेखापढी व्यवसायीहरुको भनाई छ ।

मालपोत कार्यालयको कामलाई छिटो छरीतो तथा पारदर्शि बनाउनका लागि अनलाइन प्रणालीको सुरुवात गरिएको भएपनि धादिङमा पूर्ण रुपमा अनलाइन प्रणाली संचालन हुन सकेको छैन । कार्यालयमा कामलाई सहज बनाउदै सेवा दिने प्रयास गरिरहेको मालपोत कार्यालय धादिङले दावी गरेको छ ।

सरकारी कार्यालयको कामलाई सहज, सरल तथा सुव्यवस्थीत बनाउनका आवश्यक छ । यसो हुन सके विचौलियाको प्रभाववाट कार्यालय मुक्त हुने तथा सेवाग्राहीले समेत सहज रुपमा सेवा पाउन सक्नेछन ।