सांसद मनाङे पक्राउ, अभद्र व्यवहारको कसुर

आस्था राउत र मनाङेलाई एउटै कसुर ?

सांसद मनाङे पक्राउ, अभद्र व्यवहारको कसुर
बिहिबार, माघ ९, २०७६

कास्की । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरे लगत्तै प्रहरीले प्रदेश सांसद गुरुङलाई पोखराको लेकसाइडबाट पक्राउ गरेको हो ।

प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा प्रक्रिया अगाडि बढाएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै मनाङेविरुद्ध उजुरी दिएका थिए ।

पोखरामा जारी मुख्यमन्त्री कप (फुटबल) प्रतियोगिताको उद्घाटन कार्यक्रममै मनाङले गुरुङमाथि हातपात गरेका थिए ।

यसअघि त्रिभुवन विमानस्थलमा प्रहरीले गरेको व्यवहारबाट चोट पुगेको भन्दै गायिका आस्था राउतले प्रहरीलाइ गाली गर्दै भिडियो बनाएको भन्दै प्रहरीले उनिमाथि समेत अभद्र व्यवहारको कसुरमा मुद्दा प्रक्रिया अगाडि बढाएको थियो ।

राउतलाइ पक्राउ गर्ने अनुमति लिएर प्रहरीले पक्राउ गर्ने तयारी अघि बढाएको छ । राउत सांगितिक प्रस्तुतीका लागि भारतको सिक्किम पुगेकी छन् ।