नेपाल एयरलाइन्सका २० पाइलटले बुझाए राजीनामाको सूचना

नेपाल एयरलाइन्सका २० पाइलटले बुझाए राजीनामाको सूचना
शुक्रबार, माघ १०, २०७६

काठमाडौं । नेपाल एयरलाइन्सका बीस जना पाइलटले सामूहिक राजीनामा दिने चेतावनीसहितको पत्र बुझाएका छन ।

सेवा सुविधा कम भएको भन्दै ‘राजीनामा नोटिस’ भनेर लेखिएको चेतावनी पत्रमा २० पाइलटले हस्ताक्षर गरेका छन ।

उनीहरुले सेवा–सुविधा कम हुनुका साथै विदेशी र स्वदेशी पाइलटलाई विभेद भएको बताएका छन ।

ए ३२० र ए ३३० जहाज जहाज उडाउने पाइलटहरुले व्यवस्थापनसमक्ष लिखित पत्र बुझाएका छन् । उनीहरूले ३ महिनामा माग पूरा नभए राजीनामा दिने पत्रमा उल्लेख गरेका छन ।

व्यवस्थापनबाट राजीनामा स्वीकृत भएमा निगमका अन्तराष्ट्रिय उडान प्रभावित हुनेछन् ।

हिमालय एयरलाइन्सले एकै पटक एयरबस थप्ने तयारी गरिरहँदा आएको सामूहिक राजीनामा दिने चेतावनीले राष्ट्रियध्वजावाहक लाई असर पर्ने छ ।