एमसीसी संसदमा लैजान ओलीले प्रचण्ड र देउवासँग गरे छलफल

एमसीसी संसदमा लैजान ओलीले प्रचण्ड र देउवासँग गरे छलफल
शनिबार, माघ ११, २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकलम दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ । समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने विषयमा कुराकानी भएपनि निष्कर्षमा नपुगेको छलफलमा सहभागी कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

त्यस्तै राष्ट्रियसभा निर्वाचनको समीक्षाका साथै सभामुख चयनका लागि हुने निर्वाचन, संसदमा टेबुलभएका विभिन्न विधेयकका विषयमा पनि कुराकानी भएको नेकपाका नेता सुभास नेम्बाङले जानकारी दिएका छन् ।