कोरोना भाइरसको त्रास : रुघाखोकी लाग्ने बित्तिकै अस्पताल जान सुझाव

कोरोना भाइरसको त्रास : रुघाखोकी लाग्ने बित्तिकै अस्पताल जान सुझाव
शनिबार, माघ ११, २०७६

रुपेशकुमार यादव

काठमाडौ- चीनको हुवान सहरबाट फैलिएको कोरोना भईरस एसियाका विभिन्न देशहरुमा समेत देखिएको छ । चीनमा ४३ जनाको ज्याने लिएको कोरोना भाइरसका संक्रमित नेपालमा भेटिएको पुष्टि भएको छ।

चीनबाट फर्किएका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । त्यसोत, चीनको हुवान सहरबाट फैलिएको कोरोना भाइरसका कारण चीनमा हालसम्म ४३ जनाको मृत्यु भैसकेको छ।

हावाका माध्यमवाट सर्ने भाइसर चीनबाट अन्य देशहरुमा समेत फैलन थालेको छ। चीनबाट दुरीका हिसावले टाढा रहेको अमेरिकामा समेत यसको प्रकोप देखिएको छभने नेपालमा समेत कोरोना सक्रमिट भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

नेपालमा चीन पुगेर फर्किएका एक नेपाली युवामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दुई साता अघि श्वासप्रश्वासमा समस्या, रुघाखोकीको सक्रमण देखिएर सरुवारोग अस्पताल टेकु भर्ना भएका एक ३२ वर्षीय युवामा यस्तो संक्रमण देखिएको हो।

उपचारका क्रममा कोरोना भाइरसको आशंकामा उनको रगत नमुना विशेष परीक्षणका लागि हङकङ पठाइएको थियो । बिहीबार राति प्राप्त रिपोर्टमा उनमा कोरोना भाइरस पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका अनुसार नेपालमा कोरोना भईरस परिक्षण गर्नेे उपकरण नभएका कारण अरु व्यक्तिमा यो भाईस हुन सक्ने आशंका गरिएको शहीद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा.बासुदेव पाण्डेले बताएका छना्। चिकित्सकका अनुसार खासगरी पशुबाट पशुमा सर्ने कोरोना भाइरस हाल मानिसबाट मानिसमा समेत सरेको पाइएको छ।

कोरोनाको संक्रमणले ज्वरो आउने, श्वासप्रश्वासमा अत्यधिक समस्या, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने लक्षण देखिने चिकित्सकहरुले बताएका छन । कोरोना भाइरस प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई सातासम्म रुघाखोकी लागेमा वा माथिका जस्ता लक्षण देखिए तत्काल परीक्षणका लागि अस्पताल जान चिकित्सकहरुले सुझाव दिएका छन।

कोरोनाको संक्रमण फैलने क्रम वढिरहेकोले यसबाट वच्नका लागि सतर्कता अपनाउन चिकित्सकको सुझाव छ। नियमित रूपमा साबुनपानीले हात धुने, खोक्दा र हाच्छ्यूँ गर्दा नाक र मुख छोप्ने, जंगली तथा घरेलु पशुपक्षीहरूसँगको सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाने गरे सक्रमणको जोखिमबाट वँच्च सकिने चिकित्सकहरुको भनाई छ।