सभामुख चयनका लागि आज निर्वाचन हुंदै, अग्नि सापकोटाको एकल उम्मेदवारी

सभामुख चयनका लागि आज निर्वाचन हुंदै, अग्नि सापकोटाको एकल उम्मेदवारी
आइतवार, माघ १२, २०७६

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।

सभामुख चयनको प्रक्रिया अगाडि बढाउन आज अपरान्ह् तीन बजे प्रतिनिधि सभाको बैठक बोलाइएकोे छ । सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट स्थायी समिति सदस्य अग्नि सापकोटाको मात्र उम्मेद्वारी परेको छ ।

सापकोटाको एकल उम्मेद्वारी परेकाले प्रतिनिधसभाको नियमावली अनुसार उनी निर्विरोध हुनेछन् । तर अर्को उम्मेद्वारी नपरेपनि मतदानबाहेक निर्वाचनको अन्य प्रक्रिया भने पुरा नियम छ ।

सापकोटाका प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र राजपा सांसद लक्ष्मणलाल कर्ण छन् ।

प्रस्तावक र समर्थकहरुले संसद बैठकमा बोलेपछि सापकोटा सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ ।