द्वन्द्वकालीन मुद्दाका घटना टुङ्ग्याउन नेकपा अध्यक्षद्वयबीच छलफल

द्वन्द्वकालीन मुद्दाका घटना टुङ्ग्याउन नेकपा अध्यक्षद्वयबीच छलफल
आइतवार, माघ १२, २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको छलफलमा द्वन्द्वकालीन मुद्दा, उपसभामुख चुनाव, केन्द्रीय कमिटी बैठक र विभिन्न रिक्त निकायको नियुक्ती लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै दुई नेताबीचको छलफलमा सभामुख चयनको प्रक्रिया आज अघि बढेपछि उपसभामुख कसलाई बनाउने भन्ने विषयमा गम्भीर छलफल भएपनि निर्णयमा नपुगेको सचिवालयले जनाएको छ ।