गायिका आस्था राउत पक्राउ

गायिका आस्था राउत पक्राउ
सोमवार, माघ १३, २०७६

काठमाडौं– गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

अभद्र व्यवहार सम्बन्धी मुद्धामा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच केही दिनअघि भएको विवादमा प्रकाउ पुर्जी जारी गरिएको थियो ।

आफूविरुद्ध पक्राउ पूजी जारी भएपछि प्रहरी कार्यालय पुगेलगत्तै राउतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो ।

विमानस्थलमा आस्थाले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेको थियो ।

अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहीलाई अनुमति दिएको थियो ।