पूर्णिमायालाई पक्राउ गरेर सभामुखको सपथ !

पूर्णिमायालाई पक्राउ गरेर सभामुखको सपथ !
सोमवार, माघ १३, २०७६

काठमाडौं- सशस्त्र द्धन्द्धमा  गैरन्यायिक हत्याका आरोपी रहेका अग्नि सापकोटालाई सभामुखमा सपथ नखुवाउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गर्न गएका मानवअधिकारकर्मीहरु पक्राऊ परेका छन्।

त्यसरी ध्यानाकर्षण गाराउने टोलीमा २०६२ सालमा तात्कालिन माओवादीले अपहरण गरी हत्या गरेका काब्रेका अर्जुनलामाकी श्रीमती पूर्णिमाया लामा पनि सहभागि थिइन्। तर, राष्ट्रपति कार्यालयले उनीहरुको सुनुवाइ गर्न चाहेन। बरु पूर्णिमायासहितका मानवअधिकारकर्मीलाई पक्राउ गरी थुनामा राखियो अनि अनि सापकोटाको सपथ भयो।

मानवअधिकारकर्मीहरुको टोलीले सापकोटालाई सपथ सधै नखुवाउन नभएर केही दिनका लागि नखुवाउन र सर्बोच्चको आदेश पर्खन राष्ट्रपतिलाई ध्यानाकर्षण गराएका थिए।

आइतबार नै सापकोटा विरुद्धको रिटमा सुनुवाइ हुने कार्यसूची रहेपनि सर्बोच्चले हेर्न नमिल्ने भनि रोकिएर राखेपछि सोमबारका लागि सरेको थियो। मानवअधिकारकर्मीको टोलीले सापकोटालाई सर्बोच्चको सुनुवाईपछि सपथ खुवाउन माग गरेका थिए।

त्यस्तो माग लिएर सोमबार विहान शितल निवास पुगेका उनीहरुलाई त्यहीबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा मानवअधिकार अभियान्तासमेत रहेकी अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामा, चरण प्रसाईं, राजन कुईँकेल,  इन्द्र अर्याल, महामुनिश्वर आचार्य, जनक राउत, निराजन थपलिया लगायत छन्।

प्रहरीले पक्राउ परेका सबै मानवअधिकारकर्मीलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको जनाएको छ।

सापकोटामाथि माओवादी सशस्त्र युद्धकालमा २०६२ साल बैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई अपहरण गरेर हत्या गर्न  निर्देशन दिएको आरोप छ ।

उनको मुद्दाको सुनुवाई यही माघ २२ गते सर्वोच्च अदालतमा हुँदैछ।

उनलाई सने सर्बोभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको निवेदनको सुनुवाई सोमबार हुँच्चको कार्यसूची छ। आइतबारको सुनुवाई न्यायाधीशले हेर्न नमिल्ने भनी रोकिएको थियो।

सापकोटा प्रतिनिधिसभाको सभामुखमा आइतबार निर्विरोध निर्वाचित भएका थिए।