माफि माग्न जाँदा पक्राउ परेकी गायीका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रशासनको आदेश

माफि माग्न जाँदा पक्राउ परेकी गायीका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रशासनको आदेश
सोमवार, माघ १३, २०७६

काठमाडौं- गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्‍न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।

सोमबार बिहान महानगरी प्रहरी परिस काठमाडौंमा उपस्थित भएकी गायिका आस्था राउतलाई यसअघि जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो।

प्रहरीले अनुसन्धानका मिसिलहरु सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदी जानकारी दिए।

उनका अनुसार जिल्ला सरकारी वकिल कार्यालयमा उनको बयान सकिएपछि जिल्ला प्रशासन कार्यालय लगिएको थियो। जिल्ला प्रशासनले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।