एमसीसीबारे संसदमा प्रधानमन्त्री ओली र प्रतिपक्षी नेता देउवाको एउटै स्वर

एमसीसी पास गर्नुपर्ने छ विस्तारमा पछि भनौला : प्रम ओली

एमसीसीबारे संसदमा प्रधानमन्त्री ओली र प्रतिपक्षी नेता देउवाको एउटै स्वर
मङ्लबार, माघ १४, २०७६

काठमाडौं- केपी शर्मा ओलीले स‌सदबाट छिट्टै अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन अन्तर्गतको सहयो सम्बन्धी सम्झौता स‌सदबाट चाडै पारि गर्नुपर्ने बताएका छन्। संसदमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका का‌ंग्रेस सभापति शेरबहादुर देउवाले भने तत्काल एमसीसी सम्झौता संसदबाट पारित गर्न माग गरेका छन् ।

सभामुख चयनपछि बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा दुई नेताले एमसीसीलाई प्राथमिकतामा राखेर आफ्नो धारणा राखेका हुन्। अन्य थुप्रै विषयमा मतभेद राख्ने गरेका दुई नेताले एमसीसीका विषयमा भने समान धारण राखेका हुन्।

स‌सदलाई प्रभावकारी बनाउन सरकारका तर्फबाट प्रतिबद्धता जाहेर गर्न रोष्ट्रममा उभिएका प्रधानमन्त्री केपी ओलीले विना सन्दर्भ नै एमसीसीको विषय प्रवेश गराए ।

‘चाडै एमसीसी पास गर्नुपर्ने छ,’ प्रधानमन्त्री ओलीले रोष्ट्रममा आफ्ना कुरा टुंग्याउँदै गर्दा भने, ‘यसबारे विस्तारमा म पछि भन्ने छुँ।’

संसदमा एमसीसी बारे एतिमात्र बोलेका प्रधानमन्त्रीले यतिमै एमसीसी पास गर्ने स्पष्ट सन्देश दिएका छन् ।

प्रधानमन्त्री पछि रोष्ट्रममा पुगेका प्रतिपक्षी दलका नेता देउवाले एमसीसी पास गर्नुपर्ने बताए। आफ्ना पूर्पवसभापति स्वर्गीय सुशील कोइरालाको पालमा एमसीसी आएको भन्दै त्यसमार्फत नेपालमा ठुलो सहयोग आउने उनले बताए।

‘नेपालको विजुली भारतमा निर्यात गर्नका लागि अमेरिकाले दिने सहयोग नेपालले किन नलिने ?,’ विरोध गर्नेहरुलाई प्रशेन गर्दै देउवाले भने, ‘तत्काल एमसीसी संसदबाट पारित गर्नुपर्छ।’

उनले देश विकासका लागि बैदेशिक सहयोग आवश्यक रहेको भन्दै आइसकेको सहयोगका विषयमा अनावश्यक बहस गरेर लगानी भड्काउन नहुने बताएका थिए।