बालुवाटारमा गुन्जियो मौलिक बाजा, प्रधानमन्त्रीले बासुरी बजाउँदा खनाल र नेपालले बजाए सारंगी

बालुवाटारमा गुन्जियो मौलिक बाजा, प्रधानमन्त्रीले बासुरी बजाउँदा खनाल र नेपालले बजाए सारंगी
बुधबार, माघ २२, २०७६

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटार मंगलबार साझ संगीतमय बन्यो । जहाँ कलाकारलेमात्र मौलिक बाजाहरु बजाएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली लगायत सत्तारुढ दलका नेताहरुले समेत मौलिक बाजाँ बासुरी सारंगी बजाउन सामेल भए । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले बासुरी बजाएका थिए भने पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारंगी बजाएर प्रधानमन्त्रीलाई साथ दिएका थिए ।

बास्तवमा मंगलबार साझ मदन भण्डारी कला साहित्य प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा ‘सारङ्गी साँझ’को आयोजना गरिएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा तस्वीर सेयर गर्ने वित्तिकै उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

कार्यक्रममा पूर्व नेपालदेखि पश्चिमसम्मका लोक बाजाहरुको संगीत प्रस्तुत गरिएको थियो ।