व्ल्याकबेरीले मोइवाल उत्पादन बन्द गर्ने

व्ल्याकबेरीले मोइवाल उत्पादन बन्द गर्ने
बुधबार, माघ २२, २०७६

काठमाडौ ब्ल्याकबेरीलाई आफ्नो स्वामित्वमा लिएको टीसीएलले यो वर्षदेखि ब्ल्याकबेरी रोकिने जानकारी दिएको हो ।ब्ल्याकबेरीको ब्राण्ड लाइसेन्स र टेक्नोलोजी सपोर्ट टिसिएलसँग रहेको छ । सन् २०१६ मा टीसीएलले ब्ल्याकबेरी लिमिटेडसँग त्यसको लागि सम्झौता गरेको थियो ।

टीसीएलले ब्ल्याकबेरी ब्राण्डका फोनहरुलाई परम्परागत डिजाइनमा आधुनिक एन्ड्रोयड फोनहरुको कार्य गर्ने गरि ल्याएको थियो । तर कुनैपनि डिभाइसहरु बजारमा उत्कृष्ट नभएपछि टीसीएल यस्तो निर्णयमा पुगेको हो ।टीसीएलले सन् २०२० को अगस्ट २१ देखि ब्ल्याकबेरी ब्राण्डका फोनहरु बिक्री नगर्ने घोषणा गरेको हो ।

कम्पनीका अनुसार सो अवधिपछि कम्पनीसँग ब्ल्याकबेरीको डिजाइन र उत्पादनको अधिकार हुनेछैन् । तर अन्य डिभाइसहरु भने निरन्तर सपोर्टमा रहनेछन् ।