श्रीमती अर्कैसँग भागेपछि श्रीमानले पुत्ला बनाएर गरे श्रीमतीको अन्तिम संस्कार, छोराले लगाए आगो

श्रीमती अर्कैसँग भागेपछि श्रीमानले पुत्ला बनाएर गरे श्रीमतीको अन्तिम संस्कार, छोराले लगाए आगो
बिहिबार, माघ २३, २०७६

एजेन्सी । भारतमा श्रीमती प्रेमीसँग भाँगेको भन्दै एक जनाले श्रीमतीको पुत्ला बनाएर अन्तिम संस्कार गरेका छन् ।

भारतको बोकारो जिल्लाको तेलो थाना क्षेत्र निवासी राजिव कुमारले हिन्दु रिति–रिवाज अनुसार श्रीमतीको पुत्ला बनाएर उनको विधिपूर्वक अन्तिम संस्कार गरे । उनका छोराले आफ्नी आमाको पुत्लालाई आगो लगाए ।

राजिवले अब उनका लागि उनकी श्रीमतीको मृत्यु भइसकेको छ । ‘अब मेरो उनीसँग र उनको मेरो परिवारका कोही पनि सदस्यसँग कुनै सम्बन्ध छैन । मेरी श्रीमती दुई सन्तानकी आमा हुँदासमेत गाउँकै एक व्यक्तिसँग जनवरी ४ मा घरबाट भागिन् ।’

श्रीमानको आरोप अनुसार उनकी ३२ वर्षीया श्रीमती आफ्नो प्रेमीसँग भागेकी छिन् । उनी अहिले आफ्ना प्रेमीसँग राँचीमा बसिरहेकी छिन् ।