मापदण्ड पूरा नगर्ने तीन वटा छड उद्योगलाई कारबाही

मापदण्ड पूरा नगर्ने तीन वटा छड उद्योगलाई कारबाही
शुक्रबार, माघ २४, २०७६

काठमाडौं-  गुणस्तर तथा नापतौल विभागले  मापदण्ड पूरा नगरेको भन्दै ३ वटा स्टिल (छड) उद्योगलाई कारवाही गरेको छ ।

रौतहटको गोदावरी स्टिल, रुपेन्देहीको गोयन्का स्टिल र बाराको अशोक स्टिललाई विभागले कारवाही गरेको हो ।

गोदावरी स्टिलको टीएमटी बार ८ एमएम एर्फइ ५०० डी, गोयन्का स्टिलको टीएमटी बार ८ एमएम र २५ एमएम एर्फइ ५०० र अशोक स्टिलको टीएमटी बार १२ एमएम एर्फइ ५०० छड गुणस्तरहीन भेटिएको हो ।

गोदावरी स्टिल र गोयन्का स्टिलको उल्लेखित साइजमा इजाजतपत्र स्थगन गरिएको विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।

अशोक स्टिलको सबै उत्पादन बजारबाट फिर्ता गराउने र स्पष्टीकरण लिने निर्णय विभागले गरेको छ ।