यसकारण भयो फिल्मभन्दा धेरै पोष्टरको चर्चा !

यसकारण भयो फिल्मभन्दा धेरै पोष्टरको चर्चा !
आइतवार, माघ २६, २०७६

काठमाडौं- बलिउड अभिनेत्री दिशा पाटनीको नयाँ फिल्म ‘मलंग’ ७ फेब्रअरीबाट प्रदर्शनमा आएको छ ।

चलचित्र प्रदर्शनमा आउनु अगावै निर्माण पक्षले सार्वजनिक गरेको एक पोस्टरको खुबै चर्चा भयो । जहाँ नायक नायिकाबीचको एक किसिङ सिन नै प्रमुख कारण थियो ।

चलचित्र प्रदर्शनपश्चात पनि  फिल्मको दृश्य निकै  चर्चामा छ । अभिनेता आदित्य रोय कपूरसँग दिशा पाटनीले दिएको ‘योगा किसङ’को सीनले सर्वत्र चर्चा बटुलिरहेको छ ।

मोहित सुरीको निर्देशनमा बनेको फिल्ममा दिशासँगै अभिनेता आदित्य रोय कपूर, अनिल कपूर र कुणाल खेमुको प्रमुख भूमिका छ ।

फिल्ममा निकै बोल्ड र किसिङ सिन दिएकी उनले किस सिन दिँदा सहज नभएको बताएकी छन् । एक अन्तर्वार्तामा उनले भनेकी छन्– ‘मान्छेहरु किसिङ सिन गर्दा मज्जा आउँछ भन्ने सोच्छन् तर, त्यस्तो हुँदैन ।’

किस सिनलाई लिएर भैसकेको चर्चाप्रति आफूले चासो दिन छाडेको उनले बताएकी छन् । छोटो समयमा बलिउडमा स्थापित भएकी उनले परिवारबाट पनि कुनै आपत्ति प्रकट नभएको प्रतिक्रिया दिएकी छ ।