नेपाली सेनाको गाडी दुर्घटना

नेपाली सेनाको गाडी दुर्घटना
बुधबार, माघ २९, २०७६

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा नेपाली सेनाको गाडी भिरबाट खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा नेपाली सेनाका जमदार यादवप्रसाद धरेलको मृत्यु भएको हो । अन्य ६ जना घाइते छन भने चारको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ ।

सल्यान सिमखर्क ब्यारेकबाट बुटवल तर्फ जाँदै गरेको लु १ ग १२३ नम्वरको गाडी बुधबार दाङ सल्यान सडकखण्डको चोरखोलाको भिरबाट खस्दा दुर्घटना भएको हो ।