‘ए’ डिभिजन लिगको अन्तिम चरणका खेलहरु आजदेखि

‘ए’ डिभिजन लिगको अन्तिम चरणका खेलहरु आजदेखि
बिहिबार, फाल्गुन १, २०७६

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको १३ औं तथा अन्तिम चरणका खेलहरु आजदेखि हुँदैछन् । आज तीन खेल हुनेछन् ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा बिहान पौने ९ बजेको खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबबिच खेल हुंदैछ ।
यसैगरी दिउँसो सवा १२ बजे सशस्त्र प्रहरीके एपिएफ टिमले ब्रीगेड ब्वाईज क्लब बिबीसीसंग खेल्ने छ भने साढे ३ बजे सरस्वती युथ क्लबले संकटा क्लबसंग खेल्नेछ ।

जारी लिगको उपाधि छिनोफानो भने शनिवार हुने त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबिचको अन्तिम भिडन्तबाट हुनेछ ।

लिगमा १२ चरणको समाप्तीसम्म आर्मी क्लब २९ अंकसहित शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानको मच्छिन्द्र क्लबको २८ अंक छ ।

तेस्रो स्थानको मनाङ्ग मस्र्याङ्दी क्लबको २५ अंक छ । २३ अंक जोडेको थ्रीस्टार क्लब चौथो स्थानमा रहेको छ ।