नेपालीहरुको उद्धार गर्न शनिबार विमान चीन जाने, भक्तपुरमा  क्वारेन्टाइन निर्माण पूरा

नेपालीहरुको उद्धार गर्न शनिबार विमान चीन जाने, भक्तपुरमा  क्वारेन्टाइन निर्माण पूरा
शुक्रबार, फाल्गुन २, २०७६

भक्तपुर- कोरोना भाइरसले चीनमा महामारीको रुप लिएपछि त्यहाँ रहेका नेपालीको सरकारले शनिबार उद्धार गर्ने भएको छ ।

उनीहरुलाई स्वदेश फर्काउनका लागि शनिबार नेपाल वायु सेवा निगमको विमान चीन जाने भएको छ । नेपाल नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिवार दिउँसो २ बजेर ४५ मिनेटमा वुहान जाने भएको हो ।

नेपाल वायुसेवा निगमका अनुसार शनिवार उद्धारका लागि पठाइन लागेको जहानमा तीनजना चालकसहित नौ जनाको टोली हुने गरी तयारी गरिएको छ । नेपालबाट जाने विमानमा चारजना स्वास्थ्यकर्मीहरू पठाइन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनबाट विमान आइतबार बिहान सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । अवतरण गरेपछि जहाजले ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्ने छैन ।

चीनबाट ल्याइएका नेपालीलाई विमानस्थलमा कोरोना जाँच गरिने छ । कोरोनाको लक्षण देखिएकालाई टेकु अस्पतालको आइसोलेसनमा लगिने छ भने अन्यलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिरणमा राखिने छ ।

उनीहरुलाई दुई साता प्राधिकरणको क्वारेन्टाइनमा राखिने छ, त्यसक्रममा उनीहरुले आफ्ना अभिभावकसँग पनि भेटघाट गर्न पाउने छैनन् । क्वारेन्टाइन लागि सरकारले १ सय ९९ वेडको व्यवस्था गरिसकेको छ ।

उच्च सुरक्षा सतर्कताका साथ नेपाली विद्यार्थीलाई नेपाल फर्काइनेछ । उनीहरुलाई विमानस्थमा चेकिङ गरिनेछ । त्यसपछि त्यहाँबाट उनीहरुलाई भक्तपुरस्थित खरीपाटीमा निर्माण गरिएको  क्वारेन्टाइनमा राखिनेछ ।

चीनबाट ल्याइने नेपालीलाई राख्नको लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकारण तालिम केन्द्रमा राख्ने तयारी पूरा भएको छ । स्थानियको विरोधका बावजुद पनि यहाँ ल्याएर राख्ने तयारी पूरा भएको हो ।

रोग नलागेका र परिक्षणका लागि १४ दिनसम्म हेर्न पर्ने विषयमा पहिला नै सरकारले स्थानिय जनप्रतिनिधिलाई जानकारी दिएको थियो ।

भक्तपुर जिल्लाका प्रमुख हुमकला पाण्डेले स्थानियलाई कोरोना भाइरसबाट केही भए नेपाल सरकारले उपचारको जिम्मा लिने बताउदैँ यहाँ राख्न ल्याउने बिरामी नभइकन भाइसग्रस्त क्षेत्रबाट आउने भएकोले उहाँहरुलाई परिक्षणको लागि १४ दिनसम्म सुरक्षित राख्नको लागि मात्र भएको बताइन ।