२ लाख घुससहित डिभिजन वन कार्यालयका अधिकृत पक्राउ 

२ लाख घुससहित डिभिजन वन कार्यालयका अधिकृत पक्राउ 
शुक्रबार, फाल्गुन २, २०७६

नवलपरासी-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (सुस्तापूर्व) मा कार्यरत सहायक वन अधिकृत र सोही कार्यालयका कार्यालय सहयोगीलाई  घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।

आयोगको बुटवलबाट खटिएको टोलीले टेण्डर काठ उठाएबापत सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आरोपमा सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई घुस रकमसहित कावासोती नगरपालिका–८ स्थित कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो ।