ए डिभिजन लीगमा आज तीन खेल

ए डिभिजन लीगमा आज तीन खेल
शुक्रबार, फाल्गुन २, २०७६

सहिद स्मारक ए डिभिजन लीग फुटबलमा आज पनि ३ वटा खेल हुँदैछन्।
अन्तिम चरणका खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको पहिलो खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी प्रतिस्पर्धामा छन्। जारी लिगमा हिमालयन शेर्पा ११ अंकसहित ११ औँ स्थानमा छ भने एनआरटी १५ अंकसहित नबौँ स्थानमा छ।

दिउँसो सवा १२ बजे सातदोबाटोमै हुने दोस्रो खेलमा थ्री स्टार र च्यासल युथ क्लब भिड्नेछन् । थ्री स्टारको १२ औँ चरणका खेल सकिँदासम्म २३ अंक छ। । च्यासल १५ अंकसहित आठौँ स्थानमा छ। आजको अन्तिम खेलमा साढे ३ बजे जावलाखेल युथ र मनाङ मस्र्याङ्दी एन्फा कम्प्लेक्स् मै भिड्ने एन्फाले जनाएको छ।

जावालाखेल १९ अंकसहित छैटौँ स्थानमा छ भने मनाङ मस्र्याङ्दी २५ अंकसहित तेस्रो स्थानमा रहेको छ। यी दुई टोलीबीचको खेल पनि सातबोटोमै हुने भएको छ।