संसदमा प्रधानमन्त्रीको सम्बोधन भोली

संसदमा प्रधानमन्त्रीको सम्बोधन भोली
शुक्रबार, फाल्गुन २, २०७६

काठमाडौँ– काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुई वर्ष पुगेका अवसरमा भोली प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने भनिएको विशेष सम्बोधन स्थगित भएको थियो । सरकारको २ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सरकारले गरेको कामका बारेमा संसदमार्फत जानकारी गराउने कार्यक्रम रहेको थियो ।

तर संघीय संसद राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएकाले आजको संसद बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।