सिरियामा ५५ सिरियाली सैनिक मारिए

सिरियामा ५५ सिरियाली सैनिक मारिए
शुक्रबार, फाल्गुन २, २०७६

एजेन्सी।सिरियाको इदलिबमा टर्कीका सैनिकले गरेको आक्रमणमा ५५ सिरियाली सौनिक मारिएका छन्आक्रमणमा उनिहरु मारिएको टर्कीका अधिकारीले जानकारी दिएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सिरियाली सेनाले निहुँ खोजेमा प्रत्याक्रमण गर्ने चेतावनी दिएको भोलिपल्ट यो घटना भएको हो । आफ्नो देशका सुरक्षाकर्मीहरूलाई सिरियाली सुरक्षाकर्मीले आक्रमण गरेमा वा दुःख दिएमा आफूहरूले पनि आक्रमण गर्ने उनले चेतावनी दिएका थिए ।

टर्कीका सुरक्षाकर्मीविरुद्ध फेरि अर्को आक्रमण भए निःसंकोच टर्कीका सुरक्षाकर्मीहरूले सिरियाली सैनिकमाथि आक्रमण गर्ने एर्दोगानको स्पष्टोक्ति थियो । सिरियाको इदलिब प्रान्तमा केही सातादेखि दुई देशका सुरक्षाकर्मीबीच विवाद भइरहेको छ ।