प्रशिक्षकबाट राजिनामा दिएर पटवाल स्वदेश फिर्ता

प्रशिक्षकबाट राजिनामा दिएर पटवाल स्वदेश फिर्ता
शुक्रबार, फाल्गुन २, २०७६

काठमाडाैं।नेपाल क्रिकेट टोलीका प्रमुख प्रशिक्षक उमेश पटवाल प्रशिक्षकबाट राजिनामा दिएर स्वदेश फिर्ता हुन लागेका छन्। । अमेरिका र ओमान सम्मिलित त्रिदेशीय श्रृखंलाको पूर्वसन्ध्यामा प्रशिक्षकबाट राजिनामा दिनुभएका पटवाल श्रृखंला सम्पन्न भएपछि स्वदेश फिर्ता हुन लागेका हुन् ।
नेपाल क्रिकेट संघका महासचिब अशोकनाथ प्याकुरेलले प्रमुख प्रशिक्षक पटवालको राजिनामा पुष्टि गर्नुहुँदै शुक्रबार नै भारतको लागि प्रस्थान गर्ने जानकारी दिनुभयो । उनका अनुसार छिट्टै नै आईसीसीसँग सहकार्य गरेर नयाँ प्रशिक्षकको व्यवस्थापनको प्रकृया अगाडि बढाइनेछ । क्रिकेट संघले तात्कालका लागि जगत टमाटालाई नै प्रशिक्षकको जिम्मेवारी नियुक्त गर्ने तयारी गरेको महासचिब प्याकुरेलले बताएकाछन् ।
नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवम् अलराउण्डर पारस खड्काले सामाजिक सञ्जालमा पटवालको प्रशिक्षणमा क्रिकेटरको रुपमा विकसित हुन पाएकोमा धन्यवाद ज्ञापन गरेकाछन् ।
नेपाल क्रिकेट संघ निलम्बनमा हुँदा पटवाललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपालको प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो । आईसीसीले २०७६ जेठ २० गतेदेखि लागू हुने गरी पटवाललाई एक वर्षका लागि प्रमुख प्रशिक्षकको जिम्मेवारीमा नियुक्त गरेको थियो । उहाँले आईसीसी समक्ष राजिनामा दिएर बोधार्थ राष्ट्रिय खेलकूद परिषद र नेपाल क्रिकेट संघलाई बुझाउनुभएको थियो । महासचिब प्याकुरेलले पटवालले आफ्नो व्यक्तिगत् कारणले राजिनामा दिएका बताएका छन् ।