राष्ट्रियसभा सांसद उपाध्यायको निधन

राष्ट्रियसभा सांसद उपाध्यायको निधन
शुक्रबार, फाल्गुन २, २०७६

काठमाडौं- नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्याय निधन भएको छ ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले उनको असामयिक निधनको खबरले स्तब्ध र मर्माहत बनाएको फेसबुकमा लेखेका छन् ।

उनले लेखेका छन- ‘उपाध्यायको निधनबाट देशले नैतिकवान प्रजातान्त्रिक योद्धा, पार्टीले निष्ठावान नेता र हामीले असल मित्र गुमाउन पुगेका छौं। यस शोकाकुल समयमा परिवारजनमा समवेदना र स्व- उपाध्यायप्रती श्रद्धाञ्जली ब्यक्त गर्दछु। ’