अनुशासित र राष्ट्रपति समर्पित युवा राष्ट्रको आवश्यकता

अनुशासित र राष्ट्रपति समर्पित युवा राष्ट्रको आवश्यकता
शुक्रबार, फाल्गुन २, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसाशित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रका लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताएका छन् ।

राष्ट्रिय सेवा दलको दिक्षान्त समारोहमा दिक्षित विद्यार्थीहरुलाई आज ललिपुरमा दज्र्यानी चिन्ह प्रदान गदैं प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुसाशित युवाको आवश्यकता रहेको बताए ।

उनले समाज र राष्ट्र निर्माणमा युवाहरुलाई ध्यान केन्द्रित गर्न पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार निर्माण भएको र यस सरकारले युवाहरुको चौतर्फी व्यक्तित्व विकासमा हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

उनले युवाहरु एकजुट भइ काम गरे जस्तोसुकै चुनौतिको पनि सामना गर्न सक्ने भन्दै सबै युवाहरुलाई असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुट्न सुझाव समेत दिए ।

उनले राष्ट्रिय सेवा दलबाट तालिम पाई सैनिक कला, नेपाली संस्कृतिको संरक्षण, परम्परालाई बचाउन र देशप्रति गौरव बढाउन दिक्षीत भएका विद्यार्थीको भूमिका अझ बढी महत्वपूर्ण हुने बताए ।

राष्ट्रिय सेवा दलका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले दलको सुद्दृढीकरण र जनस्तरसम्म पुर्‍याउन सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

राष्ट्रिय सेवा दलले आयोजना गरेको एक सय दिनको तालिममा विभिन्न विद्यालयका सात हजार सात सय विद्यार्थीहरु सहभागी रहेका थिए ।