चीनमा रहेका नेपालीलाई आज स्वदेश ल्याइँदै

चीनमा रहेका नेपालीलाई आज स्वदेश ल्याइँदै
शनिबार, फाल्गुन ३, २०७६

काठमाडौँ । चीनको हुवेई प्रान्तको विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई नेपाल नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाजमार्फत आज दिउँसो स्वदेश ल्याइने जनाइएको छ ।

सरकारले आज चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल ल्याउने भएको हो ।

चीनमा रहेका नेपाली लिन शनिबार अपरान्ह २ः४५ बजे निगमको वाइडबडी जहाज चीन उड्ने जनाइएको छ ।
अहिलेसम्म चीनमा कोरोना भाइरसबाट ज्यान जानेको संख्या १५ सय भन्दा बढी पुगेको छ ।

कोरोना भाइरसकै कारण त्रसित बनेका हुवेई प्रान्तको विभिन्न शहरका नेपाली विद्यार्थीलाई आज जहाजमार्फत नेपाल ल्याउन लागिएको हो । चीन गएको उक्त जहाज अवतरण गरेपछि ४८ घण्टासम्म अन्य स्थानमा उडान गर्न नमिल्ने जनाइएको छ ।