कोरोना संक्रमणः ज्यान गुमाउनेको संख्या १ हजार ७  सय ७५ पुग्यो, ७१ हजार बढी संक्रमित 

कोरोना संक्रमणः ज्यान गुमाउनेको संख्या १ हजार ७  सय ७५ पुग्यो, ७१ हजार बढी संक्रमित 
सोमवार, फाल्गुन ५, २०७६

काठमाडौं– चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ७५ पुगेको छ ।

सीएनएनले जनाए अनुसार ७१ हजार भन्दा बढी संक्रमित भएका छन् । चीन बाहिर अन्य मुलुकमा कोरोनाको संक्रमण बाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको जनाएको छ ।

अमेरिकी सरकारले जापानको तटीय क्षेत्रमा क्वारेन्टाइनमा राखिएको ४०० मध्य ३ सय ६० बढी नागरिकलाई दुईवटा जहाज मार्फत स्वदेश लगेको छ । ४० जनामा कोरोनाको संक्रमण भएको पाइएपछि उनीहरुलाई उपचारका लागि जापानमै राखिएको छ ।

संक्रमित हुनेको संख्या बढ्दै गएपछि चीनको हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरिएको छ । त्यहाँका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि आपत्‌कालीन अवस्थामा मात्र बाहिर निस्कन दिइनेछ।

त्यसका साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्न दिनका निम्ति प्रत्येक घरधुरीबाट एक जनालाई हरेक तीन दिनमा बाहिर निस्कन अनुमति दिइनेछ।