कालापानी र लिपुलेकको अवलोकनमा रक्षामन्त्री

कालापानी र लिपुलेकको अवलोकनमा रक्षामन्त्री
सोमवार, फाल्गुन ५, २०७६

दार्चुला । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश तथा संघीय संसद्का सांसद्हरू त्रिदेशीय ९नेपाल, भारत र चीन को सिमाना कालापानी, लिपुलेकको अनुगमनमा निस्किएका छन् ।

दार्चुला महोत्सव उदघाटनका लागि आइतबार त्यहाँ पुगेका उपप्रधानमन्त्री पोखरेल सोमबार बिहान त्रिदेशी सीमाक्षेत्र कालापानी, लिपुलेक, टिंकर भञ्ज्याङको अनुगमनमा गएका हुन् ।

उनीसँगै प्रतिनिधिसभाका सांसद् गणेश ठगुन्ना, सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशी, प्रदेश सांसद् मानबहादुर धामी, गेल्बु सिंह  बोहोरा, सुरक्षा निकायका अधिकारीलगायत सीमाक्षेत्र अनुगमनमा गएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी  पौडेलले  जानकारी दिए ।

प्रजिअ पौडेलका अनुसार, महोत्सव उद्घाटनका लागि दार्चुला पुगेका उपप्रधानमन्त्री पोखरेल आइतबार राति त्यहाँस्थित दुर्गा दल गणमा बसेका थिए । निर्धारित कार्यक्रमअन्तर्गत पोखरेल सोमबार बिहान  व्यासक्षेत्रको अनुगमन निस्किएको पौडेलले बताए । व्यास क्षेत्रअन्तर्गत कालापानी, लिपुलेक, टिंकर भञ्ज्याङलगायतका त्रिदेशीय सीमाक्षेत्र पर्छन् । कालापानी, लिपुलेकलगायत क्षेत्र भारतले आफ्नो नक्सामा पारेपछि केही समयदेखि यो विषय चर्चामा छ ।