शिवमायाले सम्हालीन कानुनमन्त्रीको कार्यभार

शिवमायाले सम्हालीन कानुनमन्त्रीको कार्यभार
सोमवार, फाल्गुन ५, २०७६

काठमाडौं । तत्कालीन उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएकी छिन् ।

कानून मन्त्रीमा सिफारिस तुम्बाहाङ्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएलगत्तै उनले कार्यभार समेत सम्हालेकी छिन् ।

यसअघि उनले सोमवारै राष्ट्रपति कार्यालय शितलनिवासमा पद तथा गोपनियताको सपथ ग्रहण गरेकी थिइन । संबैधानिक व्यवस्था अनुसार एउटै दलको उपसभामुख नहुने भएपछि उपसभामुखबाट राजिनामा दिनुभएकी तुम्बाहाङ्फे कानून मन्त्री बनेकी हुन् ।

पुस ८ गने समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यावदले राजिनामा दिएपछि कानून मन्त्रीको पद रिक्त रहेको थियो ।