३ सय २९ कैदी-बन्दी जेलमुक्त

३ सय २९ कैदी-बन्दी जेलमुक्त
बुधबार, फाल्गुन ७, २०७६

काठमाडौं- सरकारले ३ सय २९ जना कैदी-बन्दीको जेलमुक्त गर्ने भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर उनीहरुलाई आज जेलमुक्त गर्ने भएको हो ।

५० प्रतिशत कैद सजाय भोगिसकेका उनीहरुको असल चालचलन देखिएका कारणा बाँकी कैद मिनाहा गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २७६, फौजदारी कसुर ऐन २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई कैदबन्दी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

जेलमा ५० प्रतिशत कैद सजाय भोगिसकेपछि असल चालचलन देखिएकालाई प्रजातन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा गरिने गरिन्छ ।