सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाको राजीनामा

सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाको राजीनामा
बिहिबार, फाल्गुन ८, २०७६

काठमाडौं- संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन्। सेकुरिटी प्रेस खरिद प्रकणमा ७० करोड घुष मागेको अडियो काण्डका कारण उनले राजीनामा दिएका हुन्।

अडियोसहित सार्वजनिक भइसक्दा समेत ‘यस्ता आरोप लागि रहन्छन्’ भन्दै बास्कोटा कञ्चनपुरमा भाषण गरिरहेका थिए। ‘काम भएको भए गु्पचुप राख्ने काम नभएपछि अडियो सार्वजनिक गर्ने’ भन्दै आफूले डिल गरेको स्वीकार गरेका मन्त्री बास्कोटालाई कञ्चनपुरमा १३ किलोको मालासहित आजै सम्मान गरिएको थियो।

कञ्चनपुरमा हुँदा ढुक्क भएर समान्य घटनाका रुपमा प्रतिक्रिया दिएका बास्कोटाको पद काठमाडौं आउँदा दुई अध्यक्षको छलफलबाट गइसकेको थियो।

प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीचको बालुवाटार बैठकबाट उनको राजीनामा माग्ने निर्णय गरेका थिए।

बास्कोटा काठमाडौं फर्केर मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न नियमित पत्रकार सम्मेलन गर्ने र आफ्ना कुरा राख्ने तयारीमा थिए। तर, काठमाडौं फर्किएपछि प्रधानमन्त्रीले राजीनामा दिनुस् भनेपछि बास्कोटा राजीनामा दिएका हुन्।