पोखराको छोरेपाटनमा कार दुर्घटना, एक महिलाको मृत्यु

पोखराको छोरेपाटनमा कार दुर्घटना, एक महिलाको मृत्यु
शुक्रबार, फाल्गुन ९, २०७६

कास्की । पोखराको छोरेपाटनमा कार पल्टिँदा एक महिलाको मृत्यु भएको छ।

ग २ च ७७६३ नम्बरको कार तीव्र गतिका कारण अनियन्त्रित भई आफैं पल्टिएको हो।

मृत्यु हुने महिलाको पहिचान खुलेको छैन। गाडी अनियन्त्रित भएर भित्तामा ठोकिएपछि सडकमा पछारिएको प्रत्यक्षदर्शीले बताएका छन्।

मृतक महिला सोही गाडीमा सवार थिइन्। कार चालक घाइते छन्। थप विवरण आउन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ।