अतिक्रमित सरकारी जग्गा फिर्ता गर्ने अभियान तिव्र, जागृतिनगरमा डोजर चलाइयो

अतिक्रमित सरकारी जग्गा फिर्ता गर्ने अभियान तिव्र, जागृतिनगरमा डोजर चलाइयो
शनिबार, फाल्गुन १०, २०७६

काठमाडौं-अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियानलाई सरकारले तिव्रता दिएको छ । आज काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ तीनकुने जागृतिनगरमा रहेको अतिक्रमित जग्गा महागरले फिर्ता लिएको छ ।

त्यसक्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य गणेश दुलाल र वडानम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीसहितको टोलीले अतिक्रमित जग्गामा डोजर चलाएर अतिक्रमित जग्गामा रहेका घर टहराहरु भत्काएको छ ।

प्रदेशसभा सदस्य गणेश दुलालले प्रमाणहरुका आधारमा ति ठाउँको जग्गा सरकारको नाममा रहेकोले टहराहरु भत्काइएको बताए ।

स्थानीयहरुले भने खाली गर्न पर्याप्त सूचना नदिएको गुनासो गरेका छन् । जग्गा खाली गराउन ३५ दिने सूचना दिनुपर्नेमा १५ दिने सूचना जारी गरेर टहराहरु भत्काएको आरोप स्थानीयको छ ।