सरकारले समृद्धिको नारा दिएर लुटतन्त्र मच्चाएको राप्रपा अध्यक्षको आरोप

सरकारले समृद्धिको नारा दिएर लुटतन्त्र मच्चाएको राप्रपा अध्यक्षको आरोप
शनिबार, फाल्गुन १०, २०७६

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग एमसीसी नेपालको हितमा भएपनि सत्तारुढ नेकपाले विवादित बनाएको बताएका छन् ।

सुदूरपश्चिम स्तरीय कार्यकर्ता प्रशिक्षणका लागि धनगढी पु्गेका अध्यक्ष थापाले सत्तारुढ दल नेकपा भित्रको आपसी द्वन्द्वले बिदेशी सहयोग नै रोकिने अवस्था आएको बताएका छन् ।

सत्तारुढ दलमा देखिएको आपसी द्वन्द्वले बाह्य हस्तक्षेप निम्त्याएको अध्यक्ष थापाको टिप्पणी थियो । अध्यक्ष थापाले सत्तारुढ दलले आपसी द्वन्द्व गरेझै गरेर जनतामा समेत भ्रम श्रृजना गरेको आरोप लगाए ।

राजसंस्था हटेपछि विदेशी शक्ती हावी हुँदै गएको बताउनुभएका थापाले बर्तमान नेतृत्व भ्रष्टाचारमा लिप्त भएको आरोप छ । सत्ताधारी पार्टी समृद्धिका नारा दिएर देशमा लुटतन्त्र संस्थागत गरेको भन्दै वर्तमान सरकारले कानुन नै संशोधन गरेर भ्रस्टाचार गरिरहेको बताए ।

लुटतन्त्रमा सरकारका प्रवक्ता नै लाग्नुले अव सरकारबाट नागरिक अपेक्षा समाप्त भएको अध्यक्ष थापाको भनाई थियो ।