दिदीबहिनी राष्ट्रिय महिला भलिबलको उपाधी एपीएफलाई

दिदीबहिनी राष्ट्रिय महिला भलिबलको उपाधी एपीएफलाई
शनिबार, फाल्गुन १०, २०७६

म्याग्दी-पर्वतमा सञ्चालित दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलको उपाधी विभागीय टीम एपीएसफले जितेको छ ।

आजको फाइनल खेलमा अर्को विभागीय टीम नेपाल पुलिसलाई एकका विरुद्ध ३ को सोझे सेटमा पराजित गर्दै एपीएफले उपाधी जितेको हो ।

एपीएफलाई जिताउन स्पाइकर सरस्वती चौधरीले उत्कृष्ट खेल प्रर्दशन गरिन् । यसैगरी विभागीय टोली नेपाल आर्मीलाई सोझो तीन सेटमा पराजित गर्दै होङग्वान्जी न्यु डायमण्डले तेस्रो स्थान हात पारेको छ ।

आयोजक रेडियो दिदीबहिनी सहित पाँच टिमले सहभागिता जनाएको प्रतियोगिता फागुन ६ गते राष्ट्रिय खेलकुद विकास परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गरेका थिए ।

प्रतियोगिताको बिजेता, उपबिजेता र तेस्रोले क्रमश दुई लाख, एक लाख र पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको रेडियो दिदीबिहिनीकी अध्यक्ष कल्पना चापागाईले बताइन्।

प्रथम पुरस्कारको प्रायोजन जलजला गाउपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गरेका हुन् ।