काठमाडौंबाट विमानमार्फत् भारत जानेले अनिवार्य कोरोना परिक्षण गर्नुपर्ने

काठमाडौंबाट विमानमार्फत् भारत जानेले अनिवार्य कोरोना परिक्षण गर्नुपर्ने
आइतवार, फाल्गुन ११, २०७६

काठमाडौं । भारतले जहाजबाट काठमाडौं हुँदै भारत जाने यात्रुहरुमा कोरोना भाइरस भए नभएको परिक्षण गर्ने भएको छ ।

चीनबाट शुरू भएको कोरोना भाइरसको संक्रमणका विषयमा चीन, हङकङ, जापान, दक्षिण कोरिया, थाइल्यान्‍ड र सिंगापुरबाट आउने यात्रुहरुको परिक्षण गर्ने गरेको भएपनि अब भने नेपालबाट जाने यात्रुको पनि परिक्षण गर्न लागेको हो ।

भारत सरकारको मुख्य सचिवको अध्यक्षतामा बसेको ‘रिभ्यु मिटिङ’मा अब काठमाडौं, इन्डोनेसिया, भियतनाम र मलेसियाबाट आउने यात्रुहरुको स्क्रिनिङ गर्न निर्देशन दिइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतको निर्णयपछि मुम्बईस्थित क्षत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल नेपालबाट पुग्ने यात्रुहरुको परिक्षण शुरू भएको छ ।

कोरोना भाइरसका कारण चीनमा २ हजार ३ सय भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ भने,  दक्षिण कोरिया,जापान फ्रान्स र इरानमा समेत कोरोनाका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ ।