बास्कोटाविरूद्ध अख्तियारमा उजुरी

बास्कोटाविरूद्ध अख्तियारमा उजुरी
आइतवार, फाल्गुन ११, २०७६

काठमाडाैं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आइतबार उजुरी परेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका एजेन्ट भनिएका विजयप्रकाश मिश्रसँगको ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि वास्कोटाविरूद्ध उजुरी दर्ता भएको हो ।

बाँस्कोटाविरुद्ध सुनसरीका प्रितम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले आइतबार बिहान  उजुरी दर्ता गराएका हुन् ।