बीमा दाबी भुक्तानी नगर्ने कम्पनीलाई कारबाही गर्ने सरकारको चेतावनी

बीमा दाबी भुक्तानी नगर्ने कम्पनीलाई कारबाही गर्ने सरकारको चेतावनी
आइतवार, फाल्गुन ११, २०७६

काठमाडौं । सरकारले बीमा दावीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

राष्ट्रिय बीमा संस्थानको ५३ औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नगर्ने भएकाले बिमितहरु समस्यामा परेको भन्दै समयमा भूक्तानी नगर्ने कम्पनीलाई नियामक निकायले कारबाही गर्ने चेतावनी दिएका हुन् ।

‘आफुले गरेको बीमाको रकम तिर्नुभएन तपाईहरु बीमा गर्ने संस्थाहरुले भने कारबाही गर्ने हो । यस्तो पनि हुन्छ हामीकहाँ, बीमा गर्‍यो समयमा भूक्तानी पाउन गाह्रो, दशथरी प्रमाण जुटाउन पर्‍यो ।’ उनले भने ।

प्रविधिको युगमा उच्च प्रविधिको प्रयोग गरेर हरेक किसिमका दुर्घटनाहरुको विवरण लिने र अल्मोष्ट रियलटाइम, तत्कालै सुविधा दिन सक्ने क्षतिपूर्ति दिन सक्ने बिमितको रकम फिर्ता दिन सक्ने व्यवस्थामा जानुपर्ने भन्दै उनले अघि भने,‘हामीले जतिसुकै संस्था विस्तार गरेपनि बीमाको विस्तार हुँदैन । हामीले छिट्टो तरिकाले पाउने भुक्तानी दिने विधिमा जानुपर्छ ।’