बास्कोटा प्रकरणमा गहिरो छानविन गर्न माग गर्दै काठमाडाैंमा प्रदर्शन

बास्कोटा प्रकरणमा गहिरो छानविन गर्न माग गर्दै काठमाडाैंमा प्रदर्शन
आइतवार, फाल्गुन ११, २०७६

काठमाडाैं । बिभिन्न घोटालाका मूख्य दोषीहरुलाई कारवाही गर्न माग गर्दै मानवअधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गरेको छ ।

सरकारले संसदमा पेश गरेका कतिपय विधेयकमा नागरिकको अधिकार खोस्ने खालका रहेको र स्वतन्त्रता बिरोधि प्रावधान हटाउन समेत समाजले माग गरेको छ ।

वाईडबडी/न्यारोबडी जहाज खरिद प्रकरण र बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मूल पात्रहरुलाई उन्मुक्ति दिन खोजिएको भन्दै समाजले बिरोधस्वरूप एक घण्टा प्रदर्शन गरेको हो ।

तत्कालिन मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटा मुछिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटा लगायत संलग्न अन्यमाथि समेत गहिराईमा छानवीन गरि कारवाही प्रकृया अघि बढाउन शान्ति समाजले आग्रह गरेको छ ।