सञ्चार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री खतिवडाले दिए सन्तुलित हुन निर्देशन

सञ्चार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री खतिवडाले दिए सन्तुलित हुन निर्देशन
आइतवार, फाल्गुन ११, २०७६

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको जिम्मेवारी सम्हालेका छन् ।

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बास्कोटाले राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी पाएका खतिवडाले आइतबार पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण कार्यक्रममा मन्त्री खतिवडाले सरकारी सञ्चार माध्यम देशभरीका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन दिए ।

सरकारी सञ्चार माध्यमले सरकारको मात्रै गुणगान गाउनुपर्छ भन्ने मान्यता सरकारले नराख्ने बताएका उनले राज्य सञ्चालनमा जनताले निर्वाह गर्ने भूमिका र त्यसले समावेशी विकासमा पुर्‍याउने योगदानलाई मध्यनगर गर्दै सूचना सम्प्रेषण गर्न आग्रह गरे ।