नेकपाले थाल्यो संविधान संशोधनको गृहकार्य : माधव नेपालको नेतृत्वमा कार्यदल

होलान् त बामदेव प्रधानमन्त्री ?

नेकपाले थाल्यो संविधान संशोधनको गृहकार्य : माधव नेपालको नेतृत्वमा कार्यदल
आइतवार, फाल्गुन ११, २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल गठन गरेकाे छ। वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा बनेको कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा सदस्य छन्।

संविधानमा रहेर्का असन्तुष्टी संबोधनका लागि नभएर कार्यदल भने पार्टी भित्रको असन्तुष्टी संबोधनका लागि भएको बताइएको छ। उपाध्यक्ष बामदेव गौतमको मागअनुसार राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न गृहकार्य गर्ने बताइएको छ।

नेकपाले राष्ट्रपतिबाट मनोनित गरेर गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने तयारी गरेको छ।  तर, गौतमले भने राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गरेमात्र मनोनित भएर राष्ट्रियसभा जाने सर्त राख्दै आएका छन्।