बाँस्कोटामाथि अनुसन्धान शुरु भयो : प्रचण्ड

प्रधानमन्त्रीसहित ४ जनाविरुद्ध मुद्दा

बाँस्कोटामाथि अनुसन्धान शुरु भयो : प्रचण्ड
आइतवार, फाल्गुन ११, २०७६

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सञ्चारमन्त्रीको घटनामा अख्तियार लगायतका निकायले अनुसन्धान शुरु गरेको बताएका छन् ।

आज जनकपुर पुग्नुभएका प्रचण्डले अख्तियार दुरुपयोग अनुन्धान आयोग, लेखासमिति लगायतले अनुसन्धान शुरु गरेको बताए । धनुषाको ठेराकचुरीमा १५ दिने ‘माध्यमिकी परिक्रम’को सुभारम्भ समारोहमा सहभागि भएका प्रचण्डले यस घटनाको जाँचबुच सम्बन्धित निकायले गर्ने बताए ।

कम्युनिस्टहरु सत्तामा पुगेपछि विग्रिने रोग लागेको भनेर आफुले भक्तपुरमा दिएको अभिव्यक्ति आफ्नो पार्टीलाई लक्षित गरेर नदिएको भन्दै उनले सत्तामा पुगेपछि सबै देशका कम्युनिस्टलाई रोग लाग्ने गरेकाले नेपालमा यस्तो हुन दिन नहुने बताए ।

प्रचण्डले जनपुरमा पुगेर अनुसन्धान शुरु भएको बताइँरहँदा सेक्युरिटी प्रिन्टिङ प्रेसमा भएको अनियमितता विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

प्रधानमन्त्री ओली, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा, सरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक प्रमुख विकल पौडेल र सुचना आयोगका प्रमुख आयुक्त महेन्द्र गुरुङ विरुद्ध उजुरी परेको हो।

बाँकेका प्रेमकुमार शाही र मकवानपुरका आनन्दराम पौडेलले उजुरी दिएका थिए। गत बुधवार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरेटी प्रिन्टिङ प्रेसको कमिसन प्रकरणमा ७० करोड बार्गेनिङ गरेको अडियो टेप सार्वजनि भएपछि पदबाट राजीनामा दिएका थिए।