प्रधानमन्त्री ओलीले जन्मथलोमा मनाए जन्मदिन (फोटो फिचर)

प्रधानमन्त्री ओलीले जन्मथलोमा मनाए जन्मदिन (फोटो फिचर)
आइतवार, फाल्गुन ११, २०७६

तेह्रथुम- प्रधानमन्त्री केपी ओलीले तेह्रथुमको आफ्नै जन्मघरमा आइतबार जन्मदिन मनाएका छन्। पिता मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्यलगायतको उपस्थितिमा ओलीले ६९ औं जन्मदिन मनाएका हुन्।

ओली २००८ साल फागुन ११ गते तेह्रथुमको साविक इवा गाविसको सल्ले हाल आठराई गाउँपालिका ४ मा जन्मिएका हुन्। उनको जन्मघरमा प्रधानमन्त्री ओलीलाई शुभकामना दिनेहरुको भीड लागेको थियो ।

जन्मदिनको केक काट्नुअघि उनले आफ्नो पुर्ख्यौंली घरको अवलोकन गरेका थिए। उनी जन्मदिनको विशेष समारोहमा भावुक पनि बनेका थिए ।

ओलीले जन्मदिनमा सय बढी जेष्ठ नागरिकलाई सम्मान गर्नुको साथै एक हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर खुसीयाली साटेका छन्।