म्यम्यानचेस्टर युनाइटेड संग वाट्फोर्ड ३–० ले पराजित

म्यम्यानचेस्टर युनाइटेड संग वाट्फोर्ड ३–० ले पराजित
सोमवार, फाल्गुन १२, २०७६

काठमाडौं।  म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई ३–० ले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडलाई जित दिलाउन ब्रुनो फेर्नान्डेस, एन्थोनी मार्सल र म्यानसन ग्रिनवुडले गोल गरेका हुन् ।

४२ औँ मिनेटमा पाएको पेनाल्टीमा फेर्नान्डेसले गोल गर्दै क्लबलाई सुरुवाति अग्रता दिलाएका थिए । ५८ औँ मिनेटमा मार्सल तथा ७५ औँ मिनेटमा ग्रिनवुडले गोल गरेपछि युनाइटेड ३–० ले विजयी भएको हो ।

फेर्नान्डेस गएको जनवरीमा स्पोर्टिङ्ग लिस्बोनबाट युनाइटेड आएका हुन् । उनले इंग्लिस क्लबका लागि पहिलो गोल गरेका हुन् ।

जितपछि पाँचौँ स्थानमा उक्लिएको म्यानचेस्टर युनाइटेडको २७ खेलबाट ४१ अंक भएको छ । छैटौँ स्थानमा झरेको टोटनह्यामको ४० तथा चौथो स्थानको चेल्सीको ४४ अंक छ ।