ट्रम्पको सुरक्षामा एयर फोर्सदेखि कुकूरसम्म परिचालन

ट्रम्पको सुरक्षामा एयर फोर्सदेखि कुकूरसम्म परिचालन
सोमवार, फाल्गुन १२, २०७६

एजेन्सी। अहेमदावादमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई ३३ डेपुटी कमिसनर अफ पुलिस, ७५ असिस्टेन्ट कमिसनर अफ पुलिस र हजारौं प्रहरी जवानले सुरक्षा प्रदान गर्ने छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका क्रममा सुरक्षा प्रदान गर्न १०८ वरिष्ठ प्रहरी अधिकारी र १२ हजार जवान खटिने भएका भारतीय समाचार संस्था एएनआईले जनाएको छ।

आज हुने ट्रम्पको भारत भ्रमणका क्रममा सुरक्षा प्रदान गर्न ३३ डेपुटी कमिसनर, ७५ असिस्टेन्ट कमिसनर अफ पुलिस, ३०० पुलिस इन्सपेक्टर, एक हजार सब इन्सपेक्टर, १२ हजार जवान र दुई हजार महिला प्रहरी खटाइने  अहेमदावाद पुलिस कमिसनर आशिष भाटियाले जानकारी दिएका छन् ।

तीन कम्पनी र्‍यापिड एक्सन फोर्सु र सात कम्पनी क्‍विक रेस्पोन्स टिमु परिचालन गरिने भाटियाले बताएका छन् । त्यसैगरी १५ वटा बम निस्क्रिय युनिट र कुकुरसमेत परिचालन गरिने छन् । उनले थपे, थप सुरक्षाका लागि विशेष सुरक्षा समूह , एयर फोर्स र अमेरिकी गुप्तचर सेवाका अधिकारीहरु पनि परिचालन हुनेछन् ।

ट्रम्पको सुरक्षालाई मध्यनजर गर्दै गएराति खटिएको टोलीले केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणा लिएको र उनीहरुको नाम गोप्य राखिएको छ।

ट्रम्प दुई दिने भ्रमणका लागि आजअहेमदावाद ल्यान्ड गर्नेछन् ।