कोरोनाको सङ्क्रमण स्वास्थ्य संकट संगै देशकालागि ठूलो परीक्षणःराष्ट्रपति सी

कोरोनाको सङ्क्रमण स्वास्थ्य संकट संगै देशकालागि ठूलो परीक्षणःराष्ट्रपति सी
सोमवार, फाल्गुन १२, २०७६

एजेन्सी।  चीनमा २ हजार ४ सयभन्दा बढीको ज्यान लिइसकेको कोरोना भाइरसको सङ्क्रमण चीनमा कम्युनिष्ट पार्टीको शासन सुरू भएपछिको ‘सबैभन्दा ठूलो स्वास्थ्य संकट’ र देशकालागि ठूलो परीक्षण भएको राष्ट्रपति सी चिनफिङले भएका बताएका छन्।

संक्रमण नियन्त्रणका लागि चीनले देखाएको तदारूकताबीच पनि रोगलाई नियन्त्रणमा ल्याउन कठिनाई भएकोतर्फ संकट गर्दै सीले भने, चीनले ‘सतहमा देखिएको प्रष्ट कमजोरी’ बाट सिक्नु जरूरी हुनेछ।

चीनको राज्य सञ्चलित टेलिभिजन च्यानल सीसीटीभीले प्रशारण गरेको रिपोर्टमा बताइए अनुसार कोभिड १९ को प्रकोप शीघ्र र ठूलो क्षेत्रमा भएका कारण यसको रोकथाम तथा नियन्त्रणमा निकै कठिनाई भएको सीले बताएका जनाइएको हो।
सीले कोरोना भाइरस सङ्क्रमणको महामारीले ‘निश्चितरूपमा अर्थतन्त्र र समाजलाई व्यापक असर पार्ने बताएका छन्।