बाँदर धपाउन ४० लाख

बाँदर धपाउन  ४० लाख
सोमवार, फाल्गुन १२, २०७६

काठमाडौं । बागमती प्रदेशको पशुपंछी तथा मत्स्य विकास निर्देशनालयले बाँदरको व्यवस्थापन गर्न ४० लाख रुपैयाँ विनियोजन गरेको छ । सिन्धुपाल्चोक र काठमाडौंका ४ गाउँका बासिन्दालाई बाँदर नियन्त्रण गर्न निर्देशनालयले उल्लेखित रकम उपलब्ध गराउन लागेको हो ।

लामो समयदेखि बाँदरबाट समस्या भोग्दै आएका सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ स्थित धुसेनीका बासिन्दालाई बाँदरको व्यवस्थापन गर्न निर्देशनालयले अनुदान रकम उपलब्ध गराउन लागेको निर्देशनालयका अधिकृत तथा सूचना अधिकाी बब्लु ठाकुरले बताए ।