कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ४ सय नाघ्यो

कोरोनाका कारण मृत्यु हुनेको  संख्या २ हजार ४ सय नाघ्यो
सोमवार, फाल्गुन १२, २०७६

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ३० जना पुगेको छ । कोरोना भाइरस अर्थात कोभिड – १९ को असर रोक्न चालेको विभिन्न कदमका बाबजुद इटालीमा तीन जनाको मृत्यु भएको छ भने १ सय ५२ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसकै कारणा दुई जनाको मृत्यु र ७९ जना संक्रमित भएपछि इटालीका उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका १२ वटा शहरहरूमा आवातजावत नै प्रतिबन्ध गरिएको थियो । त्यसपछि पनि थप १ एक जनाको मृत्यु भएको छ । अरु ७३ जना कोरोनाको संक्रमण देखिएको छ ।यता दक्षिण कोरियामा कोरोना भाइरसको कारण ६ जनाको मृत्यु भएको छ ।