प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

मङ्लबार, फाल्गुन १३, २०७६

काठमाडौं- गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको आजको बैठक बुधबारसम्मका लागि स्थगन भएको छ ।

गणपूरक सङ्ख्या नपुगेको भन्दै नेपाली कांग्रेस सांसद अतहर कमाल मुसलमानले नियमापत्ति गरेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो ।

सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै प्रतिनिधिसभा बैठक बुधबार अपराह्न १ बजेसम्मका लागि स्थगन भएको जनाएको छ ।

‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने कार्यसूची रहे पनि गणपूरक सङ्ख्या नपुगेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन ।